आस्थाहरुको भन्गालो

Posted: December 14, 2010 in My Creations, Nepali Litereture, Poems

आस्थाहरुको भन्गालो
भनिन्छ,
अहिले यस भुगोलमा,
सतीको श्राप परेको छ,
यसैले हरेक समयमा-
कृष्ण उभिएको धरतीबाट,
र स्वयम कृष्णको घरहरु बाट,
कृष्णले बोकेका आस्थाहरु ढल्दैछन,
कृष्णले उठाएका विश्वासहरु ढल्दैछन।
पूर्खाहरु भन्ने गर्थे-
शिव- सर्जक हो,
कृष्ण- सत्य हो।
सृष्टिका यि सत्यहरु,
कहिल्यै मायावी जालमा पर्दैनन्,
ऐश आरामको सपना देखाएर,
कृष्णको सत्यलाई जित्न सकिँदैन,
तर, अहिले मैले,
हाम्रा पूर्खाका यी शब्दलाई दोर्याएँ भनेँ,
मलाई बहुलाएको आरोप लाग्छ,
र पूर्खाका यी परम्परालाई,
मैले मानिनँ भने,
मलाई वंशद्रोहको आरोप लाग्न सक्छ्।
तर,
सत्यचहिँ के हो भने,
मान्छे बलेको आगोनै ताप्ने रहेछ,
सायद त्यसैले होला,
अहिले भिमको गधाको गर्व कसैले गर्दैनन्,
युधिष्ठिरको इमानको चर्चा कसैले गर्दैनन्,
अभिमन्युको गर्विलो चर्चा कसैले गर्दैनन्,
भिष्मपितामहको तपष्याहरूको वृतान्त कोहि सुनाउँदैनन्,
र आर्जुनको साहसी गित कोही गाउँदैनन्,
भनिन्छ,
शिखर चड्न हिंडेको मान्छे,
फेदिमै अल्मलियो भने,
त्यसले शिखर कहिल्यै टेक्दैन—- कहिल्यै टेक्दैन।
prabesh khatiwada
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s