ए जीवनको दु:ख!
मरको छैन सत्यप्रति मेरो विश्वास,
मरेको छैन न्यायप्रति मेरो आस्था
सबैको शान्ति र,
सबैको सुखको लागि,
भर्खरै,
नालाकाङकर महालङगुर
अनी कन्चनजङ्गाका हिमशिखाहरुमा
फुटेको उज्यालो हुँ म
मलाई असह्य छ, बन्दुक भुकेको पिडा।
ए जीवनको दु:ख!
नेपालका कयौँ अँध्यारा कन्दराहरुमा
उदाएको उज्यालो ज्योती हूँ म
शिक्षाको उज्यालो बिहानी हुँ म
को खोस्न आउँछ मेरो मुस्कान?
को छिन्न आउँछ मेरो सिर्जना?
को लुट्न आउँछ मेरो अस्मिता
र,
मेरो प्रभात?
ए जीवनको दु:ख!
शान्ति र अहिंसाका भोका छन,
मेरा डाँफे मुनाल र परेवा
कोइली र न्याउलीका स्वरहरु
अनि,
बुद्धका खण्डित मूर्ति र
तिनका उपदेशहरु
र,
न्याका भोका छन्,
नेपालका असंख्य गाऊँ र बस्तिहरु
अनि त्यसका,
लाखौँ पिडित, उत्पिडित जनता
त्यसैले…..
मलाई असह्य छ, बन्दुक भुकेको पिडा।
ए जीवनको दु:ख,
मरेको छैन जन्मभूमि प्रति मेरो गित,
मरेको छैन स्वतन्त्रता प्रति मेरो प्रित
फेरि बुद्ध र जयपृथ्वीको खोजिमा
भर्खरै,
नालाकाङकर महालङगुर
अनी कन्चनजङ्गाका हिमशिखाहरुमा
प्रज्वलित उज्यालो हुँ म
मलाई असह्य छ बन्दुक भुकेको पिडा
मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा
ए जीवनको दु:ख,
शान्ति र करुणाका भोका छन्
मेरा बुद्धका खण्डित मूर्ति
अनि सेता परेवाहरु
र प्रेमका भोका छन्
मेरा इच्छा, आकंक्षा र प्रीतका नग्माहरु
त्यसैले,
वर्षौ देखिन मलाइ असह्य छ
मलाई असह्य छ बन्दुक भुकेको पिडा
मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा
An old poem revisited.