Posts Tagged ‘Maoism’

ए जीवनको दु:ख!

मरको छैन सत्यप्रति मेरो विश्वास,

मरेको छैन न्यायप्रति मेरो आस्था

सबैको शान्ति र,

सबैको सुखको लागि,

भर्खरै,

नालाकाङकर महालङगुर

अनी कन्चनजङ्गाका हिमशिखाहरुमा

फुटेको उज्यालो हुँ म

मलाई असह्य छ, बन्दुक भुकेको पिडा।

ए जीवनको दु:ख!

नेपालका कयौँ अँध्यारा कन्दराहरुमा

उदाएको उज्यालो ज्योती हूँ म

शिक्षाको उज्यालो बिहानी हुँ म

को खोस्न आउँछ मेरो मुस्कान?

को छिन्न आउँछ मेरो सिर्जना?

को लुट्न आउँछ मेरो अस्मिता

र,

मेरो प्रभात?

ए जीवनको दु:ख!

शान्ति र अहिंसाका भोका छन,

मेरा डाँफे मुनाल र परेवा

कोइली र न्याउलीका स्वरहरु

अनि,

बुद्धका खण्डित मूर्ति र

तिनका उपदेशहरु

र,

न्याका भोका छन्,

नेपालका असंख्य गाऊँ र बस्तिहरु

अनि त्यसका,

लाखौँ पिडित, उत्पिडित जनता

त्यसैले…..

मलाई असह्य छ, बन्दुक भुकेको पिडा।

ए जीवनको दु:ख,

मरेको छैन जन्मभूमि प्रति मेरो गित,

मरेको छैन स्वतन्त्रता प्रति मेरो प्रित

फेरि बुद्ध र जयपृथ्वीको खोजिमा

भर्खरै,

नालाकाङकर महालङगुर

अनी कन्चनजङ्गाका हिमशिखाहरुमा

प्रज्वलित उज्यालो हुँ म

मलाई असह्य छ बन्दुक भुकेको पिडा

मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा

ए जीवनको दु:ख,

शान्ति र करुणाका भोका छन्

मेरा बुद्धका खण्डित मूर्ति

अनि सेता परेवाहरु

र प्रेमका भोका छन्

मेरा इच्छा, आकंक्षा र प्रीतका नग्माहरु

त्यसैले,

वर्षौ देखिन मलाइ असह्य छ

मलाई असह्य छ बन्दुक भुकेको पिडा

मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा

An old poem revisited.

नोट: यसलाई कथा नसम्झीदिनुहोला,आफ्नै परिवेशको सत्यघटना हो यो, काल्पनिक लागेमा छ्यामाप्रार्थी छु।” 

आज उसले कछ्या ८ मा जिल्लाका सबैलाई चक्मा दिई छ। बिहानै घरबाट फोन आएको थियो, त्यसको घरमा खुसिको रुवाबासि चलेको छ रे। उसको नाम बिनुषा हो तर सबैले बिनु-बिनु भन्दा बिनुनै बनाईदीए नामनै। राम्रि छे, बानिवेहोरा सबै चिरिच्याट्ट परेको छ, घरमा पनि सबै काममा हात बटाउँछे। नाम जति सानो र सुन्दर छ, त्यतिनै पीडादयी छ उसको रामकहानी।

DSCI0414

उसको बाउ, अन्तरे, अनी आमा अन्तरी, ५२ सालतिर होला, भागेर बिहे गरेका थिए। बाउ मगर अनी आमा छेत्री, बिहे पछी छुट्टिएर बसे घरनजिकै एउटा झुप्रो हालेर। बाउचाहिँ रोजगारि गरेर सबैको पेट पालिरहेको थियो, राम्ररीनै चलिरहेको थियो परिवार। ५४ सालमा कसैले नसोचेको घटना घट्यो। दिनभरी यौटा स्कुलमा कामगरेर राति घरबाहिर खाटमा पल्टिरहेको उसलाई राति प्रहरि ले पक्रेर लाग्यो। मुद्दा लगाइयो, गाउँमा कसैले सुइँको नपाएको (हँदै नभएको) डाका मुद्दा। माइधारमा डाका गरेको आारोप लाएका थिए, तर खै माइधारवासि ले थाहै पाएनछन कहाँ डाका लाग्यो भनेर। पछि बुझ्दै जाँदा कसैले उसलाई माओवादी भएको सुराकि दिएछ। काहीँ नपाएर माओवादी होस बिचारा कसैले पुरानो रिसिभी मजासंग झार्यो होलानै। एकवर्ष सम्म मुद्दा चलाएर भका नभका सबुत र साच्छी बटुलेर १० वर्षको लागि जेल चलान गर्यो टाउकाको मोल तोक्ने सरकारले।

सायद, उसको मामली भाइ थियो यौटा, सक्रिय कार्यकर्ता, त्यहि सम्झेर पक्रेको पनि हुनसक्छ। दुधेको मान्छे चन्द्रगडि पुर्याएपछि, घरमा दु:खको भूमरी सुरु भयो, एकजना थियो कामगरेर जुटाउने, समस्याको बाडी सुरु भयो। आमाले अरुको मा कामगरेर अनि बेलामौकामा सागपात र रक्सी बेचेर आमाछोरीको पेट पालीरहेका थिए। झन्डै ६ महिना पछि उसका हजुरबाउचाहीँले आमाछोरीलाइ नै बोलाए मूलगरमा, संगै बस्ने गरी। मोटामोटी राम्रै संग बितिरहेको थियो, तिनिहरुको जिवन। उता बाहुलाई चाहिँ खप्नैसंग यातना दिन्थे अर, म त सानै थिएँ, बाबा जानुहुन्थ्यो भेट्न, धेरैपटक।विचाराले छोरीको मुखनी हेर्न पाएको थिएन, झन्डै एकाध वर्षपछि आमा र छोरी भेट्न जाँदा रुवाबासी नै चलेको थियो रे।

माओवादी त थिएन, तर पनि सबैले माओवादी ठानेर पक्राउ परेको भनेपछि परिवारसंग हिमचिम बढाउन थाले रातो तालो भिरेर देश बदल्न हिड्नेहरुले, बदले कि नाहिँ हेरी हाल्यौ। तर अब गरिब निमुखा र हेपिएका हरुको आवाज हौँ भन्दै आएपछी, राज्यबाट प्रताडित अन्तरेकी बुढी अन्तरी पग्लि हाली, काखकी छोरी नभएकी भए, सक्रिए कार्यकर्तापनि हुन बेर थिएन, असक्रियनै भएपनि कार्यकर्ता चाहिँ भई। मुल गर पनि मुल घरभन्नु मात्रै थियो, एकजा अन्ग्रेजका लागि गोलि खाएर भारतिय सेनाको पेन्सन खाइरहेका बुढा हजुरबुवा, जिन्दगिभरी कहिले आफ्नो अनि कहिले अरुको काममा जोतिँदा अनि भाँडासंग माझिँदा-माझिँदै खिइएकि बुढि हजुरआमा, अनि एकजोडा लाटा बढाऊहरु, विचाराहरुलाई गनेपनि ठिक नगनेपनि ठिक। हुनत यौटा बाठो भाइ अनि बुहारी नी थिए तर ति परे बाठा, काठमान्डौबासी।  

झन्डै दुईवर्षकि थिइहोली बिनु त्यतिबेला। आमाभन्दा बढि हजुरबाउ संगै झुम्मिन्थि ऊ। सखारै हाम्रो घरमा चिया खान नआइ, न त नातिनी न त बुढा हजुरबाउको दिन सुरु हुन्थ्यो, मेरो हजुरबुवा भन्नुहुन्थ्यो, २६ सालदेखिको निरन्तरता हो अरे, साँद जोडिएका अनि त्योभन्दापनि बढि मन जोडिएका छिमेकिको, जेजस्तो सारोगारो परेनी बाटोकाटेर कहिल्यै गएनन रे,तिनि अर्थात पूर्वछाने बढाऊ। प्रसंग बदलिएछ, त्यतिबेला बिराटनगरमा ठूलो आमसभा थियो रे, माओवाद छादेर प्रचण्डपथी बनेकाहरुको, अन्तरी पनि जानेभइ त्यस सभामा। जानत गई तर दूइदीनसम्मनी अत्तोपत्तो केहि थाहभएन, आमसभामा गोलिचलेको सुनेका सबैको होसहवास उडेको थियो। सबैको मनचाहीँ २ भर्खर पुगेकि त्यहि बिनुको के हुने हो भनेर थियो। पछि खबर आयो, पुलिसले पक्डेको छ भन्ने, फेरि सुनियो ६ महिनाको लागि चन्द्रगडि चलानगर्यो भन्ने। दु:खि त भइयोनै तर एकमनले खुसिपनि लाग्यो, लोग्ने स्वास्निको फेरि भेट हुने भयो भनेर।

यसो उसो गर्दागर्दै ६ महिना बित्यो, आमा जेलबाट पनि छुटि, त्सपछि राम्ररिनै चलिरह्यो परिवार। हेर्दैजाँदा, बिनुपनि स्कुलजाने भइ। आफ्नै स्कुलमा कामगर्दै गर्दा अन्तरे पक्राउ परेको कारण धनबादुर सरले नि:शुल्क पढाइदिने घोषणा गरे बिनुलाई। पहिलो हुननसकेपनि दोस्रो, तेस्रो हुनेगर्थि सँधै। कछ्या एकमा पढ्थि त्यतिबेला त्यो, असारमा ग्यानेन्द्रको जन्मदिन पारेर उसको बाऊले आममाफि पाएछ। स्कुलबाट घरफरकेर दलानमा बसेकि थिई, बाउचाहिँ टपल्कियो, झुत्रो झोला अनि मैला लुगाहरुमा। अचम्मनै भन्नुपर्छ, ६ वर्षकि बिनु चिच्याइ, “ममि बाबा आउनुभयो!”। आश्चर्य र खुसि एकैसाथ हालालुछ भएर आयो त्यो घरमा, अनि गाऊँका सबैलाइ कुँडुल्यार ल्यायो,कहिल्यै नभेटिएका बाउछोरीको त्यो अनौठो सम्बन्ध देखेर।

माओवादी भनेर जेल परेको, आन्दोलनको चरम अवस्थामा छाडिएपछी, अब पछिलाग्न थाले जनसेना बढाउन लागेका झालेमालेहरु। हस्तरेखाजस्तो आफैँमा टाँसिएको गरिबी

प्रत्येक पल मरिरहेका तिनै सपनाहरूसँगै उसले विदेशजाने निर्णय गर्यो। गरीबको पुर्पुरोमा सुख कहाँ सजिलै आऊँछ। अरब पुगेको ऊ, सायद जेलको यातनाको कारणले होला, मेडिकलमा फेल भनेर फर्काइदियो। जग्गा धितो राखेर विदेश छिरेको उसको १ लाख रुपैयाँ पनि झिरिप्पै भयो। गरिबिको दिनहरु त अब सुरु हुने वाला थिए। बुहारी संग मेल नभएपछि फरकिए आफ्नै झुप्रोमा। अन्तरे रिक्सा खेप्न थाल्यो, अन्तरी तरकारी बेच्थि, वा भनौँ, गरीबिसंग सम्झौता गरे तिनवटैले। कहिले मकै त कहिले भात गर्दै, बिस्तारै ऋण पनि तिर्दै गए, अनि छोरी पनि पढाऊँदै। अलिअलि गर्दै दिन फर्के उसका पनि। खेत उकासेपछि के खाने भन्ने समस्याले पनि पिछा छाड्यो।

त्यहि दु:खमा हुर्केकि बिनु, आज ८ किलासमा सबैलाई उछिन्दै जिल्ला प्रथम भइ, हर्षको सिमा छैन म मा पनि आज। एकप्रकारले मेरि विद्यार्थी पनि, अनि सारा दु:ख-सुख नजिकैबाट निहालेको नाताले। हुनत यात्रा अझै बाँकि छ, तरपनि कुवाझैँ खोपिल्टा परेको
आँखामा हुर्किएको यौटा सपना सार्थक भएको छ, एउटा दरिलो झापड दिएकी छे बिनुले हाम्रो समकालिन समाजलाई।