Posts Tagged ‘poem’

ए जीवनको दु:ख!

मरको छैन सत्यप्रति मेरो विश्वास,

मरेको छैन न्यायप्रति मेरो आस्था

सबैको शान्ति र,

सबैको सुखको लागि,

भर्खरै,

नालाकाङकर महालङगुर

अनी कन्चनजङ्गाका हिमशिखाहरुमा

फुटेको उज्यालो हुँ म

मलाई असह्य छ, बन्दुक भुकेको पिडा।

ए जीवनको दु:ख!

नेपालका कयौँ अँध्यारा कन्दराहरुमा

उदाएको उज्यालो ज्योती हूँ म

शिक्षाको उज्यालो बिहानी हुँ म

को खोस्न आउँछ मेरो मुस्कान?

को छिन्न आउँछ मेरो सिर्जना?

को लुट्न आउँछ मेरो अस्मिता

र,

मेरो प्रभात?

ए जीवनको दु:ख!

शान्ति र अहिंसाका भोका छन,

मेरा डाँफे मुनाल र परेवा

कोइली र न्याउलीका स्वरहरु

अनि,

बुद्धका खण्डित मूर्ति र

तिनका उपदेशहरु

र,

न्याका भोका छन्,

नेपालका असंख्य गाऊँ र बस्तिहरु

अनि त्यसका,

लाखौँ पिडित, उत्पिडित जनता

त्यसैले…..

मलाई असह्य छ, बन्दुक भुकेको पिडा।

ए जीवनको दु:ख,

मरेको छैन जन्मभूमि प्रति मेरो गित,

मरेको छैन स्वतन्त्रता प्रति मेरो प्रित

फेरि बुद्ध र जयपृथ्वीको खोजिमा

भर्खरै,

नालाकाङकर महालङगुर

अनी कन्चनजङ्गाका हिमशिखाहरुमा

प्रज्वलित उज्यालो हुँ म

मलाई असह्य छ बन्दुक भुकेको पिडा

मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा

ए जीवनको दु:ख,

शान्ति र करुणाका भोका छन्

मेरा बुद्धका खण्डित मूर्ति

अनि सेता परेवाहरु

र प्रेमका भोका छन्

मेरा इच्छा, आकंक्षा र प्रीतका नग्माहरु

त्यसैले,

वर्षौ देखिन मलाइ असह्य छ

मलाई असह्य छ बन्दुक भुकेको पिडा

मलाई असह्य छ अकालमा मरेको च्याङवाको पिडा

An old poem revisited.

Advertisements

कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु

कुहिरो दूर्घटित छन्
अनिदो मनको देश चितास्तम्भ जलेका छन्
खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ?
सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु
हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु
भागवत् व्यापारमा व्यस्त छन्
ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु
हामी जीउमा मइलका कत्ला बोकेर सेतो
मत्स्येन्द्रनाथको महास्नानमा ब्यस्त छौं
भुरेटाकुरे भावुकता ः त्रिशंकुयुगीन धुपधवाँर
मस्तिष्कहरु मस्तिष्कहरुको युद्धमा छन्
विश्वलाई हामीले सम्वुद्ध दियौ
सट्टामा विश्वले हामीलाई डलर र येन दिदैछन्
राइटर बाजेः के हाम्रो सगरमाथा विदेशतिर विक्रीमा छ ?
हामी हरुवा तर वीर सत्रुका सन्ततिहरु
कुन आठपहरिया कमाण्डो जागिरमा छौं ?
आह ! अग्निपरीक्षाहरु अग्निपरीक्षामा छन्
यसर्थ आजभोलि देशमा शक्तिहरु हिड्छन्
नागरिकहरु हिड्दैनन्
सत्रुहरुको देश कहाँ छ ? त्यही जहाँ हामी
एकअर्काका मित्र छैनौं
देशमा नरसंहार चलेको छ त्यसैले आउ
सस्ता खप्परहरुका महङ्गा प्लान्चेट खेलौं
ए ! के सुरक्षामा छन् असुरक्षित सुरक्षाकर्मीहरु ?
जाउँ वरु खाडीतिरै, भविष्य भेटिन्छ कि ?
वेल्जियमबाट आयातीत सशस्त्र ऐनाहरु
हिमालवाट बग्दैनन् रगतका नदीहरु ।

a poem by Saru Bhakta (सरुभक्त)

उनिहरु ले भने,

खै कुन ढुङ्गामा अनि मुर्तिमा ईश्वर भेटिन्छ अरे,

उनिहरु ले भने हामी हिन्दु, ऊ त्यो ख्रिष्टियन,

अनि त्यो चाहिँ मुसलमान अरे,

फेरी भने, हामी ब्राम्हण, त्यो अछुत-

अनि तिनिहरू चाहिँ म्लेच्छ अरे।

मैले ढुङ्गा पुज्न रुचाँइन,

मैले मान्छे – मान्छेमा विभेद गर्न जानिँन,

मैले ईश्वरलाई कुनै नाम दिन सकिनँ-

यसैकारण,

मलाई बहुलाएको आरोप लगाइयो ।

 

उनिहरु ले शीवलाई सर्वशक्तिमान मात्र देखे,

मैले शीवलाई भाङ्ग-धतुरो खानेपनि देखेँ,

उनिहरु ले विष्णुलाई पालक मात्र देखे,

मैले व्रिन्दालाई गरेको छल पनि देखेँ,

उनिहरु ले रामलाई आदर्श-न्यायी मात्र देखे,

मैले सीतामाथी भएको अन्याय पनि देखेँ,

उनिहरु ले कृष्णलाई आदर्श-पूरुष बनाए,

मैले कृष्णको छल-कपट पनि देखेँ,

मैले भनेँ- कृष्ण ‘क्याशानोभा’ थियो,

उताबाट फ्याट्ट प्रतिउत्तर आयो-

तँ बहुला होस ।

 

मैले ईश्वर एउटै हो-साझा हो भनेँ,

उनिहरु ले अनगिन्ति नाम दिसकेका रहेछन्,

मैले भने मानवसेवा परमधर्म हो,

उनिहरूका ढुङ्गा अनि मुर्तिहरू टड्कारो रहेछन,

उनिहरूको एष्ट्रेझैँ फुस्रो ओठहरूबाट आवाज निस्कियो,

तँ वंशको कलंक होस- तँ बहुला होस,

अनि पाप-पूण्यका पुराना काहनी सुनाइए,

ती काहनीमा भीष्म- अभीमन्यू थिएनन्

न त एकलब्य-रावण नै थिए ।

 

हो म बहुला हुँ,

मलाई तिम्रो वैकुण्ठ जानु छैन,

मेरो ‘युटोपिया’ यसै धरतीमा छ,

ती निर्दोष कलिला ओठहरूमा हाँसो हेरेका छौ?

मेरो ईश्वर त्यही हो-आर्शिवाद त्यही हो,

एक मूँठी गाँसका लागि लडीरहेका को-

पेट भर्न सक्दा- मेरो स्वर्ग पनि त्यही हो ।

मलाई ऋचाहरुले पेट अनी पञ्चामृतले तिर्खा मेट्नु छैन,

अरूले छोएको खाएर नर्क जाने डर पनि ममा छैन् ।

मलाई मन्दिर बनाएर वैकुण्ठमा बस्ने रहर छैन

म पाठषाला बानाएर पीषाच हुन तयार छु ।

चाहे जेसुकै उपमा किन नदिउन,

अहँ-

म बाहिर उभिएको त्यो अशाहयलाई लात्ति मारेर

त्यो ढुङ्गोमा म दुध चढाउन सक्दिन ।

74834_1629836302036_1120464657_31766612_8308840_a[1]

The god lies inside and the helpless lies outside-

when will we be able to distinguish what Humanity!

चिन्यौ? – ऊ नेपाली हो ।

Prabesh Khatiwada, Syl/BD

अब उसलाई
आछांस र देशान्तरको
सकीर्ण भूगोलमा मात्र नाखोज,
थाह छैन तिमिलाई,
उ त अभियान हो शान्तिको,
बुद्धको सन्देश लिएर,
अवश्य कुनै दिन,
तिम्रा हरेक विवाद र युद्धहरु. समाप्त गर्न,
शायद तिमि सोच्छौ होला,
उ त उपनिषदमा नै विष्मृत होला अझै,
थाह पाईराख –
उ त यात्रा हो दिब्य ज्योतिको
जनक सीता र भृकुटिबाट प्रज्वलित,
दिपशिखा लिएर अवश्य तिमिलाई भेट्नेछ,
कुनै दिन, कुनै अँध्यार मोडहरुमा ।
उसलाई इतिहासका पानामा मात्रै नपढ अब,
वर्तमान मा पनि निहाल,
थाह पयौ ?
उ त योद्धा हो – कर्मको,
कर्मठताको फूल रोपेर,
अवश्य कुनै बिहान,
तिम्रो विपन्नता संग विद्रोह गर्दै,
ऊ पक्का तिम्रो बस्तिमा आउनेछ,
ऊ- तिमिले देखेको
कठोर- निरिह मात्र छैन,
ऊ त विराट स्वरुप हो- मानवताको,
हृदयभरि,
‘सत्यम शिवम सुन्दरम’
संगालेर कुनै शुभ महुर्तमा
तिम्रो उजाड, शुष्क मनस्थितीहरुमा,
हरियालि वसन्त भएर प्रवेश गर्नेछ-
उसले,
त्यसैले म भन्छु,
उसलाई भुगोलमा मात्र नखोज,
इतिहास मा मात्र सिमित नठान,
पूराणमा मात्र पनि नपढ,
किनभने,
ऊ त,
अभियान हो- यात्रा हो,
योद्धा हो- विराटस्वरुप हो
चिन्यौ? – ऊ नेपाली हो ।
Thanks to Blogging and some blogs like Rabindra rijal’s Back to old art of writing poem hope you will like it!

My Dad was present on one of the program when Hari Bhakta Katuwal recited a poem about himself…. it was, i guess, national poem competition. My dad said, i will ask him what poem it was later, after he finished reading the poem that described the pitiness of himself, he threw out his ragged shirt and showed what’s inside that.

I haven’t seen any better songwriter or a poet in Nepal and that was his condition,,,, How many poets died due to lack of money… Hari Bhakta died in the 40’s, laxmi Prashad died in the 50’s( Government didn’t give him salary for 8 months…. and the empty bowel turned into gastric  which turned into ulser and then cancer ).Bhairab Aryal had to die young and there are many more…..

anyways this is another great poem….check it!